कोभिड- १९  [अपडेट]

Full Screen
Country/StateConfirmedDeathsRecovered
Data Source : John Hopkins / WHO

नेपाल

संक्रमित: ३३६०३०
सक्रिय: ४८७११
मृत्यु: ३३२५
निको: २८३९९४
संक्रमित
जिल्लासंक्रमितनिकोमृत्यु
काठमाडौं१२४७५४१०७२६७७७०
ललितपुर२०४४५१६९६७२२३
मोरङ१४८३५१३३४०१६४
रुपन्देही१४०२०१०१२०१९१
भक्तपुर११४३६९५३२१६२
बाँके१०७२३६०२०७७
कास्की१०२४८८९३२१५७
सुनसरी९७८०९१६६१४५
चितवन९५९८८३७५१०३
कैलाली७६४५६२७१६९
दाङ६१६२४४२०६७
झापा५५८९५०५०९३
पर्सा५१२४३७९८८०
मकवानपुर५०२२४४६४५१
काभ्रेपलाञ्चोक४१२२३६२०५८
सुर्खेत४०८१३०५७२०
धनुषा३७०७३१११३७
नवलपरासी पूर्व३४४७३१७८२८
रौतहट३०७१२८११२१
सर्लाही३०२८२८४८३५
पाल्पा२८२२२३६६३९
कपिलवस्तु२७०५२३२३३६
बर्दिया२६१२२०८०२५
बारा२६०८२२०९४४
कञ्चनपुर२४४३२०२१२०
सिरहा२४३७२२७५२७
महोत्तरी२३०६२०६३२०
सप्तरी२२६२२१४०३८
धादिङ२१३४१७९२३१
तनहुँ२०५९१८९२४६
नवलपरासी पश्चिम१९७३१६०७४१
नुवाकोट१९१७१६३२२४
गोरखा१८३७१५४५२८
अछाम१८१७१७५७
दैलेख१७६४१६४९
बागलुङ१६०८१४०९१७
डोटी१५७५१४३५
गुल्मी१४५६१२६६१९
स्याङ्जा१४१६१२३१३८
अर्घाखाँची१२८८१०६३१५
लमजुङ१२४९११७४१३
सिन्धुपाल्चोक१२२५१०२९२३
प्युठान११९३११०१११
बझाङ१११८१०९०
बैतडी९६१७६१
डडेलधुरा९३१७८९
दोलखा८७०७७८२७
सल्यान८१४६९७
सिन्धुली७५१५९९११
बाजुरा७४४७२६
उदयपुर७३९६७६२१
रामेछाप७०४५७११८
पर्वत६१८५४०
जुम्ला५४८४९२
इलाम५२३४७४१३
संखुवासभा४४३४०४
रोल्पा४३८३३७
दार्चुला४२८४०५
म्याग्दी४२२३३६
कालिकोट३४५२९९
ओखलढुंगा३२५२८०१०
धनकुटा३२१२८०१४
रूकुम पश्चिम३१५२५८
रसुवा३०१२४६
खोटाङ२६१२३३
सोलुखुम्बू२१४१९०
ताप्लेजुङ२०८१७१
पाँचथर२०३१८८
भोजपुर१९२१६६
जाजरकोट१७०१३४
तेह्रथुम१६८१५७
रूकुम पूर्व१५११२०
मुस्ताङ७६४३
डोल्पा६५५६
हुम्ला५२४१
मुगु४५३७
मनाङ२३१४
Data Source: Ministry of Health and Population

लमजुङमा करीब ५६ हजारले लगाए कोरोनाविरुद्धको खोप

पहाडी जिल्ला लमजुङका करिब ५५ हजार ७ सय ५३ जना नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । हालसम्म ४५ वर्ष माथिका सबै नागरिक, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा संलग्न व्यवसायी, जनप्रतिनिधि, सेना, प्रहरीलगायतलाई लगाइसकिएको छ ।
आइतबारबाट नेपालगन्ज नाका सञ्चालनमा

आइतबारबाट नेपालगन्ज नाका सञ्चालनमा

सरकारले नेपाल भारतका प्रमुख नाका खोल्ने निर्णय गरेको दुई सातापछि  नेपालगन्ज नाका पूर्णरुपमा सञ्चालनमा आएको छ । भारतकातर्फबाट नेपाल सरकारले गरेको नाका खोल्ने निर्णय कार्यान्वयनपछि आइतबार दिउँसो १ बजेबाट नेपालगन्ज नाका सञ्चालनमा आएको हो । 

१८ महिनापछि पूर्णरूपमा खुल्यो जोगबनी नाका

१८ महिनापछि पूर्णरूपमा खुल्यो जोगबनी नाका

विराटनगरस्थित रानी–जोगबनी नाका १८ महिनापछि शनिबारदेखि पूर्णरूपमा खुला भएको छ । मोटरसाइकल, कार, जिप, सिटी रिक्सा, साइकलगायतका साना तथा ठूला सवारी साधन आवतजावत खुला भएको हो । 

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरको शनिबार बिहानसम्मको तथ्यांकअनुसारमा अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २ सय ५८ पुगेको छ ।

अमेरिकी ट्रायलअनुसार अस्ट्राजेनेकाको खोप ७४ प्रतिशत प्रभावकारी

अमेरिकी ट्रायलअनुसार अस्ट्राजेनेकाको खोप ७४ प्रतिशत प्रभावकारी

अस्ट्राजेनेकाको कोभिड -१९ खोप लक्षणसहित रोगको रोकथाममा ७४ प्रतिशत प्रभावकारी रहेको अमेरिकी अध्ययनमा देखिएको छ । यस्तै ६५ वर्षभन्दा माथिका व्यक्तिमा भने यसको प्रभावकारिता बढेर ८३.५ प्रतिशत पुगेको कम्पनीले बुधबार प्रकाशित अमेरिकी क्लिनिकल ट्रायलको नतिजामा जनाइएको छ ।

थप ११०३ मा कोरोना संक्रमण, १ हजार ५५० निको, ९ जनाको मृत्यु

थप ११०३ मा कोरोना संक्रमण, १ हजार ५५० निको, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ११०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार देशभर गरी ११०३ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । 

कोरोना संकट व्यवस्थापन गर्ने ‘सीसीएमसी’ निष्क्रिय  

कोरोना संकट व्यवस्थापन गर्ने ‘सीसीएमसी’ निष्क्रिय  

सरकारले ल्याएको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८’ संसद्‍बाट समयमै पारित नभएसँगै कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि गठन भएर काम गर्दै आइरहेको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ (सीसीएमसी) कार्यकाल पनि सकिएको छ । योसँगै सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अवकाश प्राप्त रथी बालानन्द शर्माको जिम्मेवारी पनि सकिएको छ । 

मापदण्ड पूरा गरेर आइतबारदेखि काठमाडौं महानगरमा कक्षा सञ्चालन गर्न सकिने

मापदण्ड पूरा गरेर आइतबारदेखि काठमाडौं महानगरमा कक्षा सञ्चालन गर्न सकिने

काठमाडौं महानगपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने जनाएको छ । बुधबार साँझ महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।

भारतले खोप निर्यात खुलाउँदै

भारतले खोप निर्यात खुलाउँदै

कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई भारतले अक्टोबरदेखि खुलाउने तयारी गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले अर्को महिनाबाट ‘भ्याक्सिन मैत्री’ कार्यक्रम थालिने बताएका हुन् । 

धनकुटाका सबै विद्यालय खुले

धनकुटाका सबै विद्यालय खुले

६ महिनादेखि बन्द सरकारी तथा निजी विद्यालय सोमबारदेखि खुलेका छन् । लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।

सोमबारदेखि १० हिमाली जिल्लामा खोप

सोमबारदेखि १० हिमाली जिल्लामा खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । 

थपिए ९७५ कोरोना संक्रमित, २ हजार ९५७ संक्रमणमुक्त

थपिए ९७५ कोरोना संक्रमित, २ हजार ९५७ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार देशभर गरी ९७५ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । 

२४ घण्टामा ८३५ संक्रमित थपिए

२४ घण्टामा ८३५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा शनिबार नेपालमा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० जनाको पीसीआर परीक्षण गर्दा ८३५ जनामा कोरोना संक्रमण देखिएको हो । 

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर

गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वाइल्ड देखिएको थियो । 

१० चरणमा लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा, मस्यौदा संशोधन गरिँदै

१० चरणमा लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा, मस्यौदा संशोधन गरिँदै

कोरोना संक्रमणको जोखिम बढ्न नदिई स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लैजाने सरकारको गृहकार्यको अन्तिम चरणमा पुगेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बताएको छ ।  

२५ हजार नेपालीलाई तत्काल ल्याउने उच्चस्तरीय समितिको निर्णय

२५ हजार नेपालीलाई तत्काल ल्याउने उच्चस्तरीय समितिको निर्णय

सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको छ ।

'लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्‍याउने प्रस्ताव' भन्दै प्रधानमन्त्री कड्किएपछि…

'लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्‍याउने प्रस्ताव' भन्दै प्रधानमन्त्री कड्किएपछि…

गृहमन्त्री रामबहादुर थापाले रक्षामन्त्री ईश्वर पोखरेलसँग समन्वय गरेर तेस्रोपटक लकडाउनको म्याद थप भएसँगै राजधानी छोडेर आफ्नो थाँतथलो फर्कन खोज्नेहरुको स‌ंख्या बढेकोले एकपटकका लागि घर फिर्ने व्यवस्था गर्ने वा जो–जहाँ छन्, त्यही आसपास प्रभावकारी गाँसबासको प्रबन्ध मिलाउने विकल्प अघि सारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रोकिदिएको खुलासा भएको छ ।

अलपत्र परेकाहरु बारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

अलपत्र परेकाहरु बारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ।

रक्षा र गृहमन्त्रीबीच किन बढ्यो द्वन्द्व ?

रक्षा र गृहमन्त्रीबीच किन बढ्यो द्वन्द्व ?

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको नाममा बिहीबार लकडाउनका कारण रोकिएकालाई राजधानीबाहिर जान दिने निर्णय भयो । सोही निर्णयका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज ‘ओपीएमसीएम’ मा यसबारे सूचना सार्वजनिक गर्‍यो ।

संसद हुँदाहुँदै कोरोनाका लागि राजनीतिक संयन्त्र आवश्यक छैन भन्‍ने सुझाव आए : मन्त्री तुम्बाहाङ्फे

संसद हुँदाहुँदै कोरोनाका लागि राजनीतिक संयन्त्र आवश्यक छैन भन्‍ने सुझाव आए : मन्त्री तुम्बाहाङ्फे

कोरोना भाइरस (कोभिड- १९)को रोकथाम तथा नियन्त्रण गर्न छुट्टै राजनीतिक संयन्त्र आवश्यक नभएको सुझावव आएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग उक्त विषयमा समन्वय गर्न पाएको जिम्मेवारी बमोजिम तुम्बाहाङ्फेले दलका प्रतिनिधिसँग छलफल गरेकी थिइन् ।

प्रधानमन्त्रीलाई 'कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल' को पत्र

प्रधानमन्त्रीलाई 'कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल' को पत्र

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका व्यक्तिहरू संलग्न 'कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल' समूहले कोरोना भाइरसको प्रकोप र प्रभावबाट बच्नका लागि चाल्नुपर्ने कदमहरूको सूचीसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

संक्रमण भित्रिइसक्दा हामी के गर्दै थियौँ ?

संक्रमण भित्रिइसक्दा हामी के गर्दै थियौँ ?

कोरोना (कोभिड–१९) संक्रमण देशभित्र बढिरहँदा सरकारले पर्याप्त स्वास्थ्य उपकरणहरु खरिद गर्न सकेको छैन । स्वास्थ्य सेवा विभागले ओम्नी इन्टनरनेसनलसँग गरेको सम्झौता रद्द भएको एक साता कटिसक्दा पनि आवश्यक सामग्री कहाँबाट कसरी ल्याउने भन्ने निक्र्यौल भइसकेको छैन ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको मौनव्रत

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको मौनव्रत

स्वास्थ्य सामग्री खरिदका क्रममा ओम्नी समूहसँग भएको मिलेमतो र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको छानबिनसमेत औपचारिकतामा सीमित भएको छ ।

स्थानीयमा कोरोना संक्रमण देखिएसँगै जोखिममा छौं : प्रधानमन्त्री

स्थानीयमा कोरोना संक्रमण देखिएसँगै जोखिममा छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको  दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन् ।

सुदूरपश्‍चिममा छैनन् विशेषज्ञ चिकित्सक

सुदूरपश्‍चिममा छैनन् विशेषज्ञ चिकित्सक

सरकारले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु गरेको छ । टेकुको राष्ट्रिय प्रयोगशालामा मात्रै हुने परीक्षण सबै प्रदेशमा विस्तार गरिएको हो ।

बिनातयारी तातोपानी र रसुवागढी नाका खोल्‍ने निर्णय

बिनातयारी तातोपानी र रसुवागढी नाका खोल्‍ने निर्णय

कोरोना भाइरस(कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि  गठित उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिले दर्जनौं महत्वपूर्ण निर्णयहरु गरेको छ । 

धमाधम आकस्मिक कोष

धमाधम आकस्मिक कोष

कोरोना भाइरसको संक्रमणविरुद्धको सतर्कताका लागि गतिविधि गर्न स्थानीय तहहरूले छुट्टै कोष बनाउन थालेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये अधिकांशले यस्तो गरेका हुन् ।

प्रशासनविद्हरू भन्छन्- खरिदमा सेना जोडिनु कानुनविपरीत

प्रशासनविद्हरू भन्छन्- खरिदमा सेना जोडिनु कानुनविपरीत

मुलुकभरका सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री जीटुजी प्रक्रियाबाट खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय सार्वजनिक खरिद ऐनको मर्मविपरीत रहेको टिप्पणी प्रशासनविद्हरूले गरेका छन् । जीटुजीमा सरकारको कूटनीतिक च्यानल (परराष्ट्र मन्त्रालय) मार्फत पहल गरी खरिद प्रक्रिया अघि बढाइनुपर्नेमा ‘सैन्य डिप्लोमेसी’ को बाटो अख्तियार गर्नु कानुनी रूपमै गलत भएको उनीहरूले बताए ।

गोदाममा थन्‍कियो ७५ हजार थान परीक्षण किट

गोदाममा थन्‍कियो ७५ हजार थान परीक्षण किट

सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो ।

कोभिड-१९ संक्रमण दोस्रो चरणमा

कोभिड-१९ संक्रमण दोस्रो चरणमा

विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया आफन्तमा संक्रमण सरेको शनिबार पुष्टि भएको हो ।

लकडाउनमा नेताः सामाजिक संजालबाटै सरकारलाई प्रश्‍न र खबरदारी

लकडाउनमा नेताः सामाजिक संजालबाटै सरकारलाई प्रश्‍न र खबरदारी

कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिनबाट रोक्न मुलुकभर लकडाउन दोस्रो सातामा छ । कोरोनाको प्रभाव पर्न थालेदेखि नै मुलुकमा राजनीतिक गतिविधि सुस्त भएको थियो । लकडाउनले त्यसलाई झनै शून्यतामा झारिदियो ।

नेकपाभित्र सचिवालय बैठक बोलाउन माग

नेकपाभित्र सचिवालय बैठक बोलाउन माग

कोरोना भाइरस(कोभिड–१९)  रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय र तयारी एकपछि अर्को गरी विवादमा तानिएपछि सत्तारुढ दल नेकपाभित्र पार्टी बैठक बोलाउन माग भएको छ । 

स्वास्थ्य सामान खरिदमा जंगी अड्‍डा : नेकपाकै नेताहरु भन्छन्, ‘सरकारको निकम्मापन’

स्वास्थ्य सामान खरिदमा जंगी अड्‍डा : नेकपाकै नेताहरु भन्छन्, ‘सरकारको निकम्मापन’

कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार दिउँसो बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन हृदयेश त्रिपाठीले स्वास्थ्य उपकरण खरिदमा उत्पन्न विवादबारे कुरा झिके । उनले अझै एक कदम अघि बढेर भने, ‘यो विषय धेरै विवादित भयो, अब जीटूजी विधिबाट स्वास्थ्य उपकरण खरिद गर्नेतर्फ नै हामीले सोच्नुपर्छ ।’

सरकारले नसक्‍ने, सेनालाई सुम्‍पने !

सरकारले नसक्‍ने, सेनालाई सुम्‍पने !

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेर खरिदको जिम्मा नेपाली सेनालाई सुम्पेको छ । यसअघि विभिन्न व्यापार–व्यवसाय र सरकारी आयोजनाका ठेक्कापट्टामा जोडिएको सेनालाई यसपटक कोभिड–१९ रोकथाम एवम् उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिदमा संलग्न गराइएको हो । सरकारको यो निर्णयसँगै नागरिक प्रशासनको विकल्पमा जंगी प्रशासनलाई किन सक्रिय पारियो भन्ने बहस पनि सुरु भएको छ ।

कोभिड–१९ बाट बच्‍न नमस्ते गरौं : प्रधानमन्त्री ओली

कोभिड–१९ बाट बच्‍न नमस्ते गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) बाट बच्‍न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीचका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा नमस्ते गर्ने प्रचलनलाई निरन्तरता दिन ओलीले आग्रह गरेका हुन् । 

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

कोरोना भाइरस नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानले भारतलाई आग्रह गरेको छ ।

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्रीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजकता अपनाएको उल्लेख गरेका हुन् ।

कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोष खडा गर्न प्रस्ताव गरेका छन् । 

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । आइतबार सार्क देशका सबै सदस्य राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिसँगको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सार्क देश सावधानीपूर्वक कोभिड–१९ विरुद्ध लड्‍नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह सार्कका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखबीचहरुको भिडियो कन्फ्रेन्समा सहभागी हुने भएपछि कार्यालय आसपासमा 'डीस-इन्फेक्टेन्ट' छर्किएको छ ।

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'

दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।

सार्क ब्युँताउने अवसर

सार्क ब्युँताउने अवसर

पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढाउन नचाहेको भारतले एक्कासि कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यस क्षेत्रको साझा रणनीति बनाउन प्रस्ताव गर्नु आफैंमा सकारात्मक छ ।

कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

विश्‍वव्यापी बनेको कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतले प्रस्ताव गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको रुप लिएको कोरोनाविरुद्ध लड्न त्यस्तो साझा रणनीतिको प्रस्ताव गरेका हुन् ।