कोभिड- १९  [अपडेट]

Full Screen
Country/StateConfirmedDeathsRecovered
Data Source : John Hopkins / WHO

नेपाल

संक्रमित: ७४७४५
सक्रिय: २०१०५
मृत्यु: ४८१
निको: ५४६४०
संक्रमित
जिल्लासंक्रमितनिकोमृत्यु
काठमाडौं१८१३०९५७९९२
मोरङ३३५०२३६७३२
पर्सा२७४६२६४०४५
रुपन्देही२५१७१७२०२३
सर्लाही२४००२२८५
कैलाली२२८११९९७
ललितपुर२२३२११६१२१
रौतहट२१४०१९९७
चितवन२०३८१३१०१८
धनुषा१९७०१८६९१९
भक्तपुर१९६४१०२४२१
बाँके१८६७१५५२१२
सुनसरी१७५७१२७११२
महोत्तरी१५४११४३४१२
बारा१५०२१२०९१८
सिरहा१४१५७४११०
सुर्खेत१३८७९३४
कपिलवस्तु१३५७१२५३११
मकवानपुर१३५०९५११२
सप्तरी१२४२१००११०
दाङ११५८८५२
दैलेख१११२१०८५
अछाम१०७०९३६
डोटी१०६५१०१२
कास्की९७८६०३११
नवलपरासी पूर्व९०९७५१
झापा८६९७६८
कञ्चनपुर७९८७६१
पाल्पा७६३६८२
बर्दिया६९२५३९
बाजुरा६३०६२६
बझाङ५८५५०८
प्युठान५६१४८२
गुल्मी५४३४७०
नवलपरासी पश्चिम५२९३७५
काभ्रेपलाञ्चोक५१६३५०
तनहुँ४७३३७०
धादिङ४५०२९४
अर्घाखाँची४४८४०२
स्याङ्जा४३७३७०
बैतडी४२८३७४
बागलुङ४२०३५४
लमजुङ४१९३७७
सल्यान४१३३४१
गोरखा३८८२८२
डडेलधुरा३४९३३६
जुम्ला२२५२०८
उदयपुर१६५१४९
नुवाकोट१६४१०८
रामेछाप१५९१०९
सिन्धुपाल्चोक१५९१२२
रोल्पा१४४१०२
पर्वत१३८१२२
सिन्धुली१३८९७
दोलखा१२९९३
कालिकोट१२०११६
रूकुम पश्चिम१०९८३
ओखलढुंगा१०८७२
इलाम९८९५
दार्चुला९६६६
संखुवासभा८८८०
जाजरकोट७४६५
रूकुम पूर्व७४३८
धनकुटा५७५३
खोटाङ५६५१
म्याग्दी५३५१
भोजपुर४३२४
पाँचथर३७३१
तेह्रथुम३६२९
ताप्लेजुङ२३२२
रसुवा१९१७
सोलुखुम्बू१५१४
मुगु१३१३
डोल्पा
हुम्ला
मनाङ
मुस्ताङ
Data Source: Ministry of Health and Population
नेपालमा थपिए १५ सय १३ कोरोना संक्रमित, संक्रमितको संख्या ७६ हजार नाघ्यो

नेपालमा थपिए १५ सय १३ कोरोना संक्रमित, संक्रमितको संख्या ७६ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बीपी प्रतिष्ठानमा मोरङका कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा मोरङका कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–७ का ६८ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।

कोरोना परीक्षण अब एन्टिजेन किटबाट, दुई कम्पनीको किटलाई डब्लूएचओको मान्यता

कोरोना परीक्षण अब एन्टिजेन किटबाट, दुई कम्पनीको किटलाई डब्लूएचओको मान्यता

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटाछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ । डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको छ । यो परीक्षणका लागि ५ अमेरिकी डलर (५८८ नेपाली रुपैयाँ) लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ ।

विद्यालय खुले, मास्क छैन

विद्यालय खुले, मास्क छैन

विद्यार्थी न शिक्षक, कसैको मुखमा मास्क छैन । विद्यालयमा न हात धुने व्यवस्था छ, न सेनिटाइजर नै । कोरोना महामारीकै बीच बूढीगंगा नगरपालिकास्थित धुराल्सैन माध्यमिक विद्यालय सञ्चालन भएको एक साता भयो । ६ महिनापछि विद्यालय खुलेकाले विद्यार्थीहरू उत्साहित त छन्, तर आधारभूत स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको देखिँदैन ।

कोरोना निको भएपछि के गर्ने ?

कोरोना निको भएपछि के गर्ने ?

त्रिवि शिक्षण अस्पतालबाट कोभिडको उपचारपछि भदौ ८ गते डिस्चार्ज भएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का ४६ वर्षीय कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेको स्वास्थ्य सामान्य स्थितिमा फर्किन सकेको छैन । उनलाई कोभिड संक्रमण देखिनुभन्दा अघिसम्म स्वास्थ्य समस्या थिएन । कुनै प्रकारको नियमित औषधि सेवन गर्नुपर्ने अवस्था थिएन ।

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार राति उपचारका क्रममा दुई जनाको मृत्यु भएको  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

कोरोनाबाट विश्‍वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

कोरोनाबाट विश्‍वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख  नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म भाइरसका कारण १० लाख ५ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

६१ वर्षमाथिको उमेर समूहमा संक्रमण बढ्नु चिन्ताको विषय

६१ वर्षमाथिको उमेर समूहमा संक्रमण बढ्नु चिन्ताको विषय

चैत ११ गतेदेखि लगाइएको लकडाउनलाई साउन ७ गतेबाट खुकुलो बनाइएको थियो । लकडाउन खुकुलो हुने अघिल्लो दिन साउन ६ गते कोरोना संक्रमितहरुको संख्या १७ हजार ९ सय ९४ रहेको थियो । त्यसमा पनि २० वर्षभन्दा कम उमेर समूहका २०.५ प्रतिशत संक्रमित थिए भने २१ देखि ४० वर्षसम्मको उमेर समूहका ६३.६ प्रतिशत संक्रमित थिए । यस्तै ४१–६० वर्ष उमेर समूहका १४.२ प्रतिशत संक्रमित हुँदा ६१ वर्षभन्दा माथि उमेर भएकाहरु केवल १.६ प्रतिशत मात्रै संक्रमित थिए ।

पर्साका कोरोना संक्रमित स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

पर्साका कोरोना संक्रमित स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाण्डाँैमा मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार महोत्तरी निवासी जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षीय अहेब रामशिकल साहको सोमबार मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालमा एक कोराना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा एक कोराना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेकी एक कोरोना संक्रमित ६३ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासनका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी वडा नम्बर १ बस्ने ती महिलाको उपचारको क्रममा सोमबार अपराह्न ४ बजे मृत्यु भएको बताएका छन् ।

बाँकेमा होम आइसोलेसनमा रहेकी जाजरकोटकी कोरोना संक्रमितको मृत्यु

बाँकेमा होम आइसोलेसनमा रहेकी जाजरकोटकी कोरोना संक्रमितको मृत्यु

बाँकेमा होम आइसोलेसनमा बस्दै आएकी जाजरकोटकी कोरोना सक्रमितको मृत्यु भएको छ । नेपालगंन्ज मेडिकल कलेज कोहलपुरमा जाजरकोट जुनीचदी–५ की ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

१० चरणमा लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा, मस्यौदा संशोधन गरिँदै

१० चरणमा लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा, मस्यौदा संशोधन गरिँदै

कोरोना संक्रमणको जोखिम बढ्न नदिई स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लैजाने सरकारको गृहकार्यको अन्तिम चरणमा पुगेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बताएको छ ।  

२५ हजार नेपालीलाई तत्काल ल्याउने उच्चस्तरीय समितिको निर्णय

२५ हजार नेपालीलाई तत्काल ल्याउने उच्चस्तरीय समितिको निर्णय

सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको छ ।

'लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्‍याउने प्रस्ताव' भन्दै प्रधानमन्त्री कड्किएपछि…

'लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्‍याउने प्रस्ताव' भन्दै प्रधानमन्त्री कड्किएपछि…

गृहमन्त्री रामबहादुर थापाले रक्षामन्त्री ईश्वर पोखरेलसँग समन्वय गरेर तेस्रोपटक लकडाउनको म्याद थप भएसँगै राजधानी छोडेर आफ्नो थाँतथलो फर्कन खोज्नेहरुको स‌ंख्या बढेकोले एकपटकका लागि घर फिर्ने व्यवस्था गर्ने वा जो–जहाँ छन्, त्यही आसपास प्रभावकारी गाँसबासको प्रबन्ध मिलाउने विकल्प अघि सारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रोकिदिएको खुलासा भएको छ ।

अलपत्र परेकाहरु बारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

अलपत्र परेकाहरु बारे उच्चस्तरीय समितिसँग प्रधानमन्त्रीले छलफल गर्दै

सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ।

रक्षा र गृहमन्त्रीबीच किन बढ्यो द्वन्द्व ?

रक्षा र गृहमन्त्रीबीच किन बढ्यो द्वन्द्व ?

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको नाममा बिहीबार लकडाउनका कारण रोकिएकालाई राजधानीबाहिर जान दिने निर्णय भयो । सोही निर्णयका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज ‘ओपीएमसीएम’ मा यसबारे सूचना सार्वजनिक गर्‍यो ।

संसद हुँदाहुँदै कोरोनाका लागि राजनीतिक संयन्त्र आवश्यक छैन भन्‍ने सुझाव आए : मन्त्री तुम्बाहाङ्फे

संसद हुँदाहुँदै कोरोनाका लागि राजनीतिक संयन्त्र आवश्यक छैन भन्‍ने सुझाव आए : मन्त्री तुम्बाहाङ्फे

कोरोना भाइरस (कोभिड- १९)को रोकथाम तथा नियन्त्रण गर्न छुट्टै राजनीतिक संयन्त्र आवश्यक नभएको सुझावव आएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी छन् । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग उक्त विषयमा समन्वय गर्न पाएको जिम्मेवारी बमोजिम तुम्बाहाङ्फेले दलका प्रतिनिधिसँग छलफल गरेकी थिइन् ।

प्रधानमन्त्रीलाई 'कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल' को पत्र

प्रधानमन्त्रीलाई 'कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल' को पत्र

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका व्यक्तिहरू संलग्न 'कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल' समूहले कोरोना भाइरसको प्रकोप र प्रभावबाट बच्नका लागि चाल्नुपर्ने कदमहरूको सूचीसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

संक्रमण भित्रिइसक्दा हामी के गर्दै थियौँ ?

संक्रमण भित्रिइसक्दा हामी के गर्दै थियौँ ?

कोरोना (कोभिड–१९) संक्रमण देशभित्र बढिरहँदा सरकारले पर्याप्त स्वास्थ्य उपकरणहरु खरिद गर्न सकेको छैन । स्वास्थ्य सेवा विभागले ओम्नी इन्टनरनेसनलसँग गरेको सम्झौता रद्द भएको एक साता कटिसक्दा पनि आवश्यक सामग्री कहाँबाट कसरी ल्याउने भन्ने निक्र्यौल भइसकेको छैन ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको मौनव्रत

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको मौनव्रत

स्वास्थ्य सामग्री खरिदका क्रममा ओम्नी समूहसँग भएको मिलेमतो र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको छानबिनसमेत औपचारिकतामा सीमित भएको छ ।

स्थानीयमा कोरोना संक्रमण देखिएसँगै जोखिममा छौं : प्रधानमन्त्री

स्थानीयमा कोरोना संक्रमण देखिएसँगै जोखिममा छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको  दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन् ।

सुदूरपश्‍चिममा छैनन् विशेषज्ञ चिकित्सक

सुदूरपश्‍चिममा छैनन् विशेषज्ञ चिकित्सक

सरकारले सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु गरेको छ । टेकुको राष्ट्रिय प्रयोगशालामा मात्रै हुने परीक्षण सबै प्रदेशमा विस्तार गरिएको हो ।

बिनातयारी तातोपानी र रसुवागढी नाका खोल्‍ने निर्णय

बिनातयारी तातोपानी र रसुवागढी नाका खोल्‍ने निर्णय

कोरोना भाइरस(कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि  गठित उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिले दर्जनौं महत्वपूर्ण निर्णयहरु गरेको छ । 

धमाधम आकस्मिक कोष

धमाधम आकस्मिक कोष

कोरोना भाइरसको संक्रमणविरुद्धको सतर्कताका लागि गतिविधि गर्न स्थानीय तहहरूले छुट्टै कोष बनाउन थालेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये अधिकांशले यस्तो गरेका हुन् ।

प्रशासनविद्हरू भन्छन्- खरिदमा सेना जोडिनु कानुनविपरीत

प्रशासनविद्हरू भन्छन्- खरिदमा सेना जोडिनु कानुनविपरीत

मुलुकभरका सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री जीटुजी प्रक्रियाबाट खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय सार्वजनिक खरिद ऐनको मर्मविपरीत रहेको टिप्पणी प्रशासनविद्हरूले गरेका छन् । जीटुजीमा सरकारको कूटनीतिक च्यानल (परराष्ट्र मन्त्रालय) मार्फत पहल गरी खरिद प्रक्रिया अघि बढाइनुपर्नेमा ‘सैन्य डिप्लोमेसी’ को बाटो अख्तियार गर्नु कानुनी रूपमै गलत भएको उनीहरूले बताए ।

गोदाममा थन्‍कियो ७५ हजार थान परीक्षण किट

गोदाममा थन्‍कियो ७५ हजार थान परीक्षण किट

सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो ।

कोभिड-१९ संक्रमण दोस्रो चरणमा

कोभिड-१९ संक्रमण दोस्रो चरणमा

विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया आफन्तमा संक्रमण सरेको शनिबार पुष्टि भएको हो ।

लकडाउनमा नेताः सामाजिक संजालबाटै सरकारलाई प्रश्‍न र खबरदारी

लकडाउनमा नेताः सामाजिक संजालबाटै सरकारलाई प्रश्‍न र खबरदारी

कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिनबाट रोक्न मुलुकभर लकडाउन दोस्रो सातामा छ । कोरोनाको प्रभाव पर्न थालेदेखि नै मुलुकमा राजनीतिक गतिविधि सुस्त भएको थियो । लकडाउनले त्यसलाई झनै शून्यतामा झारिदियो ।

नेकपाभित्र सचिवालय बैठक बोलाउन माग

नेकपाभित्र सचिवालय बैठक बोलाउन माग

कोरोना भाइरस(कोभिड–१९)  रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय र तयारी एकपछि अर्को गरी विवादमा तानिएपछि सत्तारुढ दल नेकपाभित्र पार्टी बैठक बोलाउन माग भएको छ । 

स्वास्थ्य सामान खरिदमा जंगी अड्‍डा : नेकपाकै नेताहरु भन्छन्, ‘सरकारको निकम्मापन’

स्वास्थ्य सामान खरिदमा जंगी अड्‍डा : नेकपाकै नेताहरु भन्छन्, ‘सरकारको निकम्मापन’

कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार दिउँसो बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन हृदयेश त्रिपाठीले स्वास्थ्य उपकरण खरिदमा उत्पन्न विवादबारे कुरा झिके । उनले अझै एक कदम अघि बढेर भने, ‘यो विषय धेरै विवादित भयो, अब जीटूजी विधिबाट स्वास्थ्य उपकरण खरिद गर्नेतर्फ नै हामीले सोच्नुपर्छ ।’

सरकारले नसक्‍ने, सेनालाई सुम्‍पने !

सरकारले नसक्‍ने, सेनालाई सुम्‍पने !

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेर खरिदको जिम्मा नेपाली सेनालाई सुम्पेको छ । यसअघि विभिन्न व्यापार–व्यवसाय र सरकारी आयोजनाका ठेक्कापट्टामा जोडिएको सेनालाई यसपटक कोभिड–१९ रोकथाम एवम् उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिदमा संलग्न गराइएको हो । सरकारको यो निर्णयसँगै नागरिक प्रशासनको विकल्पमा जंगी प्रशासनलाई किन सक्रिय पारियो भन्ने बहस पनि सुरु भएको छ ।

कोभिड–१९ बाट बच्‍न नमस्ते गरौं : प्रधानमन्त्री ओली

कोभिड–१९ बाट बच्‍न नमस्ते गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) बाट बच्‍न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीचका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा नमस्ते गर्ने प्रचलनलाई निरन्तरता दिन ओलीले आग्रह गरेका हुन् । 

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

कोरोना भाइरस नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानले भारतलाई आग्रह गरेको छ ।

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्रीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजकता अपनाएको उल्लेख गरेका हुन् ।

कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोष खडा गर्न प्रस्ताव गरेका छन् । 

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । आइतबार सार्क देशका सबै सदस्य राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिसँगको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सार्क देश सावधानीपूर्वक कोभिड–१९ विरुद्ध लड्‍नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह सार्कका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखबीचहरुको भिडियो कन्फ्रेन्समा सहभागी हुने भएपछि कार्यालय आसपासमा 'डीस-इन्फेक्टेन्ट' छर्किएको छ ।

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'

दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।

सार्क ब्युँताउने अवसर

सार्क ब्युँताउने अवसर

पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढाउन नचाहेको भारतले एक्कासि कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यस क्षेत्रको साझा रणनीति बनाउन प्रस्ताव गर्नु आफैंमा सकारात्मक छ ।

कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

विश्‍वव्यापी बनेको कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतले प्रस्ताव गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको रुप लिएको कोरोनाविरुद्ध लड्न त्यस्तो साझा रणनीतिको प्रस्ताव गरेका हुन् ।