कोभिड- १९  [अपडेट]

Country/StateConfirmedDeathsRecovered
Data Source : John Hopkins / WHO

आइतबारकै मन्त्रिपरिषद् बैठकले दिएको थियो सेनालाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा

गत आइतबार, चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्षा मन्त्रालयले नेपाली सेनामार्फत ‘जी टू जी’ (सरकार–सरकार) विधिबाट खरिद गर्न जिम्मा दिइसकेको खुलासा भएको छ ।
कोरोना प्रकोप : स्पेनमा मृतक संख्या १० हजार नाघ्यो

कोरोना प्रकोप : स्पेनमा मृतक संख्या १० हजार नाघ्यो

स्पेनमा नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार १० हजार नाघेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र ९ सय ५० जनाको मृत्यु भएसँगै बिहीबार मध्याह्नसम्म मृतक संख्या १० हजार ३ पुगेको छ । 

सीमामा रोकिएकाको घरफिर्ती : सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार 

सीमामा रोकिएकाको घरफिर्ती : सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार 

कोरोना संक्रमणको त्रासका कारण भारतबाट नेपाल फर्किन खोजेका तर महाकालीपारी अलपत्र परेकाहरुको हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

राजधानीका निजी अस्पताल : आइसोलेसन कक्ष सबैमा, सुरक्षा सामग्री शून्य

राजधानीका निजी अस्पताल : आइसोलेसन कक्ष सबैमा, सुरक्षा सामग्री शून्य

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न सरकारले सय बेडभन्दा माथिका सबै निजी अस्पताललाई अनिवार्य ज्वरो क्लिनिक राखेर बिरामी जाँच्न निर्देशन दिएको छ ।राजधानीका नौ ठूला अस्पताललाई कोरोनाको बिरामी हेर्न सरकारले हबसमेत तोकिसकेको छ ।

कोरोनाका कारण २६ औं जलवायु सम्मेलन स्थगित 

कोरोनाका कारण २६ औं जलवायु सम्मेलन स्थगित 

आगामी नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्टसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकहरुको २६ औं सम्मेलन (कोप २६) कोरोना संक्रमण (कोभिड १९) का कारण स्थगित गरिएको छ । 

‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बने । जस्तो– हाछ्यूँ गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि । यिनले केही क्षण ‘रिफ्रेस’ बनाउलान् ।

सरकारले मुलुकभर लकडाउन गरे पनि पूर्वी नवलपरासीका इँटा भट्टाहरु निर्बाध सञ्‍चालनमा

सरकारले मुलुकभर लकडाउन गरे पनि पूर्वी नवलपरासीका इँटा भट्टाहरु निर्बाध सञ्‍चालनमा

सरकारले मुलुकभर लकडाउन गरे पनि पूर्वी नवलपरासीका इँटा भट्टाहरु निर्बाध रुपमा सञ्चालन भइरहेको छ । टाढाटाढा घर भएका भारतीय र नेपाली मजदुरलाई पठाउन नसकिएकाले काममा लगाइएको इँटा भट्टा सञ्चालकहरुको दाबी छ । 

दिल्लीको धार्मिक भेलाबाट आएका ५२ जनालाई क्‍वारेन्टाइन लगियो

दिल्लीको धार्मिक भेलाबाट आएका ५२ जनालाई क्‍वारेन्टाइन लगियो

हालै भारतको राजधानी नयाँदिल्लीमा आयोजित मुस्लिम समुदायको धार्मिक भेला तबलिकी जमातबाट आएकामध्ये ५२ जनालाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा पठाएको छ । 

विदेशमा रहेका नेपाली भन्छन् : हामी सन्चै छौं, त्यहाँ सुरक्षित रहनुहोला

विदेशमा रहेका नेपाली भन्छन् : हामी सन्चै छौं, त्यहाँ सुरक्षित रहनुहोला

पढ्न, रोजगारी र अरू कारणले लाखौं नेपाली विदेशमा छन् । कोभिड–१९ महामारी विश्वव्यापी बनेका बेला उनीहरूका विषयमा यहाँ रहेका परिवार र आफन्तजन चिन्तामा छन् । क्यानाडा, दक्षिण कोरिया, बेलायत, मलेसिया, अमेरिका लगायतका मुलुकमा रहेका नेपालीहरू भने भन्छन्, ‘हामी यहाँ अनुशासन पालन गरेर बसेका छौं । सुरक्षित छौं ।’

सुरक्षा निकायलाई फिलिपिन्सका राष्ट्रपतिको निर्देशन- ‘लकडाउन उल्लंघन गरे गोली हान्‍नुहोस्’

सुरक्षा निकायलाई फिलिपिन्सका राष्ट्रपतिको निर्देशन- ‘लकडाउन उल्लंघन गरे गोली हान्‍नुहोस्’

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुर्तेतेले मुलुकमा लगाइएको एक महिना लामो लकडाउनका बेला ‘समस्या सिर्जना गर्ने’ लाई गोली हान्न प्रहरी र सेनालाई निर्देशन दिएका छन् ।

पर्याप्त स्वास्थ्य सामग्री नहुँदा उपचारमा कठिनाइ 

पर्याप्त स्वास्थ्य सामग्री नहुँदा उपचारमा कठिनाइ 

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले स्वास्थ्य सेवा विभागसँग सय थान थर्मामिटर माग गरेकोमा १० वटा मात्र प्राप्त भएपछि बैतडीको हिस्सामा एक थान परेको छ । विभागले सोमबार निर्देशनालयलाई उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा पठाइएको हो । प्राप्त सामग्रीहरु मागभन्दा निकै थोरै रहेको बैतडी स्वास्थ्य कार्यालयले जनाएको छ । 

हेटौंडाको क्वारेन्टाइन र आइसोलेसनका सबै डिस्चार्ज

हेटौंडाको क्वारेन्टाइन र आइसोलेसनका सबै डिस्चार्ज

राखिएका सबैलाई घर जान दिइएपछि हेटौंडामा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्ष रित्तो भएका छन् । कोभिड-१९ को आशंकामा आएकाहरु सबै आइसोलेसन र क्वारेन्टाइनबाट डिस्चार्ज भएपछि रित्तो भएका हुन् ।

‘भारत जाँदैनौँ, बरु खेतमै बस्छौँ’

‘भारत जाँदैनौँ, बरु खेतमै बस्छौँ’

नेपाल-भारत सीमा जमुनाह नाकामा अलपत्र परेका नेपालीलाई भारतीय क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइए पनि उनीहरु भने भारत फर्कन मानेका छैनन् ।

चौरजहारीमा कोरोना अस्थायी अस्पताल

चौरजहारीमा कोरोना अस्थायी अस्पताल

कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमितको उपचारका लागि चौरजहारीमा अस्थायी अस्पताल निर्माण गरिएको छ । चौरजहारी अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी चौरजहारी नगरपालिका–२, स्थित शीतल माध्यमिक विद्यालयमा अस्थायी अस्पताल बनाइएको हो । 

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी : सम्झौताभन्दा २५ हजार बढी किट ल्याएपछि भन्सारमै रोकिएको खुलासा

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी : सम्झौताभन्दा २५ हजार बढी किट ल्याएपछि भन्सारमै रोकिएको खुलासा

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ ।

मेडिकल उपकरण खरिद प्रकरण : भ्रष्टाचारको कसुर आकर्षित होला कि नहोला ? 

मेडिकल उपकरण खरिद प्रकरण : भ्रष्टाचारको कसुर आकर्षित होला कि नहोला ? 

बजारभाउभन्दा चर्को मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेको भनी चौतर्फी आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले आपूर्तिकर्तासँगको खरिद सम्झौता रद्द गरेको छ । यो सम्झौता रद्द भएसँगै हिजो गलत ढंगले ठेक्का निर्णय गर्ने अनि कुनै एउटा व्यापारिक समूहलाई लाभ हुनेगरी निर्णय गर्ने अधिकारीहरुले सजायबाट उन्मुक्ति नै पाउने हुन् कि भन्ने शंका उठेको छ ।

असमन्वयका महिना दिन

असमन्वयका महिना दिन

चीनको वुहानबाट देखापरेको कोभिड–१९ को महामारी विश्वव्यापी हुँदै थियो । नेपालमा पनि यसको संक्रमण आउन सक्ने सम्भावनालाई नजरअन्दाज गर्नसक्ने अवस्था पटक्कै थिएन । तर मुलुक हाँकिरहेको सत्तारुढ नेकपाभित्र अर्कै महामारी चल्दै थियो– आन्तरिक किचलोको ।

कोरोना नियन्त्रणका लागि पूर्वराजा ज्ञानेन्द्रले दिए २ करोड

कोरोना नियन्त्रणका लागि पूर्वराजा ज्ञानेन्द्रले दिए २ करोड

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा दुई करोड रुपैयाँ जम्मा गराएका छन् ।

नेपाल आइपुग्यो सरकारले चीनबाट किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री

नेपाल आइपुग्यो सरकारले चीनबाट किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री

कोरोना भाइरस(कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ ।

‘भारतबाट आएकालाई क्‍वारेन्टाइनमा राख्‍नू’

‘भारतबाट आएकालाई क्‍वारेन्टाइनमा राख्‍नू’

कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले भारतीय सीमा हुँदै प्रवेश गरेका नेपालीलाई जसरी पनि सार्वजनिक क्वारेन्टाइन वा ‘होम क्वारेन्टाइन’ मा राख्न निर्देशन दिएको छ ।

स्थिति नियन्त्रणबाहिर छैन : उपप्रधानमन्त्री पोखरेल

स्थिति नियन्त्रणबाहिर छैन : उपप्रधानमन्त्री पोखरेल

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि एक साताका लागि ‘लकडाउन’ गरेको छ । मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको हो । यो भनेको ‘कर्फ्यु’ लगाएजस्तै असामान्य अवस्था हो ।

मुलुक फर्कन खोजेका कामदारहरुलाई रोक्‍ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

मुलुक फर्कन खोजेका कामदारहरुलाई रोक्‍ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

कोरोना भाइरस(कोभिड–१९)को जोखिमका कारण मुलुक फर्कन खोजेका कामदारहरुलाई सरकारले गैरकानूनी रुपमा रोक्ने निर्णय गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रिट निवेदनमा जुनसुकै मुलुकबाट स्वदेश फर्कन चाहने नेपालीलाई रोक्न नहुने आदेश जारी हुनुपर्ने माग छ । 

आजदेखि एक साता मुलुक बन्द

आजदेखि एक साता मुलुक बन्द

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि एक साताका लागि ‘लकडाउन’ गरेको छ । मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको हो । यो भनेको ‘कर्फ्यु’ लगाएजस्तै असामान्य अवस्था हो ।

अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र सवारी साधन सञ्‍चालन गर्न नपाइने

अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र सवारी साधन सञ्‍चालन गर्न नपाइने

मंगलबार देशभर लकडाउन गर्ने सरकारको घोषणासँगै सरकारले निजी र यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सवारी साधनसहित आन्तरिक व्यवसायिक उडानहरु चैत १८ गते बिहान ६ बजेसम्मका रोक लगाउने निर्णय गरेको हो ।

अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने, कालाबजारी गर्नेलाई कडा कारबाही गरिने 

अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने, कालाबजारी गर्नेलाई कडा कारबाही गरिने 

एक सातासम्मका लागि लकडाउन गर्ने सरकारको निर्णयसँगै अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । 

भाेलिदेखि लकडाउन, यस्ताे छ सरकारकाे आदेश

भाेलिदेखि लकडाउन, यस्ताे छ सरकारकाे आदेश

सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना रोकथामबारे प्रधानमन्त्रीका घोषणा कार्यान्वयन गर्न ६ कार्यदल गठन

कोरोना रोकथामबारे प्रधानमन्त्रीका घोषणा कार्यान्वयन गर्न ६ कार्यदल गठन

कोरोना भाइरस (कोभिड-१९) लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधनका क्रममा गरिएका घोषणा कार्यान्वयनका लागि योजना तय गरिएको छ ।

निगमको जापान र दुबई उडान शुक्रबार रातिदेखि स्थगन

निगमको जापान र दुबई उडान शुक्रबार रातिदेखि स्थगन

नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुबईमा गर्दै आएको नियमित उडान चैत ७ मध्यरातदेखि लागू हुने गरी स्थगित गरेको छ । ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान  चैत्र ३० गतेसम्मका लागि स्थगित गरिएको’ निगमले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । 

संग्रहालयहरु पनि बन्द 

संग्रहालयहरु पनि बन्द 

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, राष्ट्रिय संग्रहालय छाउनी, पाटन संग्रहालय, सांस्कृतिक केन्द्रहरु, राष्ट्रिय अभिलेखालय चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । 

चैतमा हुने सबै परीक्षा स्थगित गर्न नेकपा सचिवालयको सुझाव

चैतमा हुने सबै परीक्षा स्थगित गर्न नेकपा सचिवालयको सुझाव

नेकपाले सरकारलाई एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

बरामद गरिएका मास्क साझा स्वास्थ्य सेवा सहकारीमार्फत बिक्री गरिने

बरामद गरिएका मास्क साझा स्वास्थ्य सेवा सहकारीमार्फत बिक्री गरिने

कालोबजारी गर्ने व्यापारीबाट बरामद गरेका मास्क सरकारले साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत बिक्री गर्ने भएको छ । बुधबार कोरोना भाइरस(कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अवैध रुपमा लुकाइ राखिएको अवस्थामा बरामद भएका मास्कमध्ये ५ लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत ब्रिकी गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ बाट बच्‍न नमस्ते गरौं : प्रधानमन्त्री ओली

कोभिड–१९ बाट बच्‍न नमस्ते गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) बाट बच्‍न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीचका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा नमस्ते गर्ने प्रचलनलाई निरन्तरता दिन ओलीले आग्रह गरेका हुन् । 

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

कोरोना नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानको आग्रह 

कोरोना भाइरस नियन्त्रणका लागि जम्मु-कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन पाकिस्तानले भारतलाई आग्रह गरेको छ ।

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

कोरोनाको प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्रीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजकता अपनाएको उल्लेख गरेका हुन् ।

कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोष खडा गर्न प्रस्ताव गरेका छन् । 

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । आइतबार सार्क देशका सबै सदस्य राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिसँगको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सार्क देश सावधानीपूर्वक कोभिड–१९ विरुद्ध लड्‍नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह सार्कका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखबीचहरुको भिडियो कन्फ्रेन्समा सहभागी हुने भएपछि कार्यालय आसपासमा 'डीस-इन्फेक्टेन्ट' छर्किएको छ ।

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'

दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।

सार्क ब्युँताउने अवसर

सार्क ब्युँताउने अवसर

पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढाउन नचाहेको भारतले एक्कासि कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यस क्षेत्रको साझा रणनीति बनाउन प्रस्ताव गर्नु आफैंमा सकारात्मक छ ।

कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

विश्‍वव्यापी बनेको कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतले प्रस्ताव गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको रुप लिएको कोरोनाविरुद्ध लड्न त्यस्तो साझा रणनीतिको प्रस्ताव गरेका हुन् ।